काठमाडौं । काठमाडौँको २ स्थानमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।
आइतबार दिउँसो सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले बताउनुभयो । प्रहरीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो । विस्फोटमा परी सुकेधारामा २ जनाको मृत्य भएको छ भने ५ जना घाइते भएका छन् । यस्तै घट्टेकुलोमा १ जनाको मृत्यु हुनुको साथै १ जना घाइते भएको प्रहरीले जनाएको छ । दुवै विस्फोट कोठाभित्र भएकोले बिष्फोटक पदार्थ बनाउने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक आशंका छ । घटना स्थलमा नेत्रबिक्रम चन्द नेकपाको पर्चा भटीएको छ । यसैबिच घटना लगत्तै गृहमन्त्री रामबहादु थापाले गृहमन्त्रालयमासुरक्षा निकायको आकस्मिक बैठक बोलाउनुभएको छ ।