सुकेधारा र अनामनगरपछि लगनखेलमा बम

ललितपुर । सुकेधारा र अनामनगरमा भएको बम बिस्फोडको घटनाले काठमाडौं त्रसित भएका बेला ललितपुरमा पनि बम भेटिएको छ ।
लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेपछि त्यस आसपासका स्थानियहरु त्रसित भएका छन् । बमलाई केहीबेरअघि सेनाले डिस्पोज गरेको एसपी दुर्गा सिंहले जानकारी दिए ।

लगनखेल प्रहरी चौकीबाट करिब ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको थियो । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित भएका थिए । बम राखिएको स्थल अहिले सुरक्षाकर्मीको नियन्त्रमा छ । सुरक्षालाई मध्यनजर गर्दै लगनखेल बसपार्क खालि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार