१२ औँ गणतन्त्र दिवस मनाइदै, जनतामा भने निरासा कायमै

काठमाडौ। आज १२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमगरी मनाइदैछ । दिवसको अवसरमा बुधबार बिहानै राजधानीको टुँडीखेलमा विशेष समारोहको आयोजना गरियो।

२०६५ जेठ १५ गते आजकै दिन तत्कालीन संविधान सभाबाट नेपालमा रहेको राजतन्त्रको अन्त भएको घोषणागरी गणतन्त्रको घोषणा गरिएको थियो। त्यहि दिनको सम्झनामा हरेक वर्ष जेठ १५ लाई विभिन्न कार्यक्रमगरी गणतन्त्र दिवसका रुपमा मनाइदै आएको छ ।

यहि अवसरमा टुँडीखेलमा आयोजित बिषेश समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालगायत उच्चपदस्थ अधिकारीहरू सहभागी थिए । उनिहरुले संयुक्तरुपमा शान्तिका प्रतीक एक–एक जोडी परेवा समेत उडाएका थिए ।

समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए ।
समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरेको थियो ।

समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण समेत गरियो ।

समारोहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले राष्ट्रभक्ति जगाउने राष्ट्रिय धुन प्रस्तुत गर्नुका साथै नेपालको लोकप्रिय नृत्य मारुनी र कौरा प्रस्तुत गरेका थिए ।

जनतामा निरासा कायमै

(फोटो गुगलबाट )
ठुलो राजनितीक परिर्बतन पश्चात देश राजतन्त्रात्मक ब्यवस्थाबाट गणतन्त्रात्मक ब्यवस्थामा गएको पनि १२ बर्ष भइसक्यो तर, जनतामा निरासा कायमै छ ।
दशबर्षे जनयुद्ध र जनआन्दोलनको बलमा आएको गणतन्त्रमा अहिले पनि जनताको अवस्था उहि छ । देशमा अशान्ती, विभेद, चरम भ्रष्टाचार, वेथिती कायमै रहेको देख्दा जनता निरास भएका हुन ।

गणतन्त्र पश्चात कोहि पनि गरिब भएर बाँच्नु नपर्ने, कसैमाथी पनि कुनै किसिमको विभेद नहुने, देशमा तिर्ब विकास हुने, यस्तै यस्तै सपनाहरु नेताहरुले देखाएका कारण अहिले त्यो नहुँदा जनतामा निरासा छ ।

अहिले पनि देशको राजधानीमै जातिय विभेद कायम छ, असमानताहरु धेरै छन । अहिले पनि देशका धेरै ठाँउमा यातायातको ब्यवस्था हुन सकेको छैन, अस्पताल र ठक्टरहरुको राम्रो ब्यवस्था नुहँदा नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।

(फोटो गुगलबाट )

देशमा झन बेरोजगारी बढेर गएको छ । दिन दिनै हजारौं युवाहरु रोजगारीका लागि देश छोडी विदेश खाडी मुलुक जान बाध्य छन् ।
तर, पछिल्लो समय देशमा स्थिर सरकार गठन भएकाले केहि थोरै आसा भने जनताले गरिरहेका छन । यद्यपी बहुमतको सरकार भएर पनि आसा गरिए अनुसार नतिजा दिन नसकेको भन्दै सरकारप्रती पनि जनताको निरासा बिस्तारै बढ्दैछ ।

तर, बर्तमान कम्युनिष्ट सरकारले केहि विकासमुखी र रोजगारमुखी युवालक्षित कार्यक्रम भने अघि बढाएको छ । साथै उर्जा, प्रयटन, कृषीमा केहि नयां योजना ल्याइएका कारण देशमा विकास हुने आसा भने जनताले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार