शिक्षण अस्पतालको ट्रान्सप्लान्ट भवनमा आगलागी

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको छ ।

सोमबार साँझ सेन्टरको चौथो र पाँचौं तल्लामा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए। विद्युत सर्ट भएर सेन्टरको भवनमा आगलागी भएको प्रहरीको भनाई छ ।

आगजनीबाट के कति क्षती भयो भन्नेबारे पनि विवरण आइनसकेको प्रहरीको भनाई छ ।
अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठाबाट सुरू भएको आगलागीबाट मेट्रोनको कार्यकक्ष लगायतमा क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार