नेपाल प्रहरी अपराध नियन्त्रणमा सक्षम- आइजीपी खनाल

संगठनलाई नै बदनाम गर्ने चलखेलप्रती आफु सचेत

काठमाडौं । देशैभरि भइरहेका अपराधका घटनाहरुबारे प्रहरीमाथी जनताले प्रश्न गरिरहेका बेला प्रहरी प्रमुख आइजीपी सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराध नियन्त्रणमा सक्षम रहेको दाबी गरेका छन । दुई / चार जना प्रहरी गैरजिम्मेवार भए भन्दैमा सिंगो प्रहरी संगठन असफल भएको भन्न नमिल्ने उनको तर्क छ ।

बिहीबार प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित ६३ औँ प्रहरी दिवसको बिषेश कार्यक्रममा बोल्दै आइजीपी खनालले नेपाल प्रहरी कहिल्यै पनि अनुसन्धानमा पछि नपरेको जिकिर समेत गरे । बिशेषगरि, कंचनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीबाट भएको लापरवाहीलाई संगठनले गम्भिररुपमा लिंदै अनुसंन्धान र कारवाही प्रकृयामा अगाडी बढिरहेकाबेला संगठनलाई नै बदनाम गर्ने चलखेलप्रती आफु सचेत रहेको बताए ।

अपराध र शान्तीसुरक्षा कायम गर्न संगठनको बर्दी लगाएका हरेक प्रहरी अधिकृत आफै अनुसन्धानका विज्ञ भएको भन्दै आइजीपी खनालले निर्मला पन्त हत्याकाण्डतर्फ संकेत गर्दै भने, ‘अनुसन्धानको समयसीमा तोक्न सकिँदैन । अनुसन्धानको लागि धैर्यता पनि अति जरुरी हुन्छ ।’
कार्यक्रममा बोल्दै आइजीपी खनालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई पुरा गर्न प्रहरीले आफ्नो महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे । देशको समृद्धी र शान्तीसुरक्षाका लागि प्रत्येक नेपालीले प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा र गृहमन्त्रालयबाट जारी गरिएको ८२ बुँदे गृहप्रशासन सुधार योजनालाई कार्यान्वयन गर्न लागेको र आगामी दिनमा नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रधान कार्यालय तयारीमा रहेको आइजीपी खनालले जानकारी दिए ।

वीरगति प्राप्तगर्ने प्रहरीका परिवारलाई कदरपत्र प्रदान


६३ औँ प्रहरी दिवसको बिषेश कार्यक्रममा उपस्थित प्रधानमन्त्री ओलीले कामको सिलसिलामा यस वर्ष वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका छन् ।

संगठनमा रहि कामको सिलसिलामा यस वर्ष प्रहरी जवान राजकुमार आले, शेरसिंह साउद, सुशील बानियाँ, प्रदीपकुमार यादव, रामप्रसाद पौडेल, विष्णुप्रसाद न्यौपाने, प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्ना र प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामी, कार्यालय सहयोगी हरिबहादुर गुरुङ, महन्थ चौधरीले वीरगति प्राप्त गरेका थिए ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले यस वर्ष घोषित अमर प्रहरीका परिवारलाई राहत बितरण गर्नु साथै United nations- African Union Hybrid Operation in Darfur १४औँ समूहमा छनौट भई FPU Pre Deployment तालिमको समयमा अकस्मात बेहोश भएपछि उपचारको लागि अस्पताल पुर्याउँदा निधन भएका प्रहरी हवल्दार रोशन थारुको आश्रीत परिवारलाई राहत स्वरुप संकलित १ लाख ८० हजार ९ सय ३५ रुपैयाँ हस्तान्तरण गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार