संसदमा लक्ष्मणलाल कर्णको प्रश्नः नागरिकता विधेयक कहाँ हरायो ?

काठमाडौ । सांसद लक्ष्मणलाल कर्णले संसदमा छलफलका लागि आएको नागरिकता विधेयक कहाँ हरायो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद कर्णले अहिले पनि ५ लाख भन्दा बढि युवाहरु नागरिकता नपाएका कारण चरम बेरोजगारीको चपेटा परेको बताए ।

“नागरिकता विधेयक संसदमा आएको थियो कहाँ हरायो उनले भने, त्यो जुन समितीले अड्क्याएर राखेको छ त्यसलाई तत्काल संसदमा ल्याइयोस ।”

“नागरिकता विहिन नागरिकको दसा के हुन्छ, यहाँ मैले भन्नु पर्ने होर ? सांसद कर्णले प्रशन गरे, नागरिकता नभएका कारण उनिहरुले संसद छिर्न पाएका छैनन्, उच्च शिक्षा पाएका छैनन् । रोजगारीबाट बञ्जिच छन ।”

संसदमा आएको नागरिकता विधेयकमाथी पुन: छलफल गरी पारित गरियोस भन्दै केहिदिन देखि संसदमा कुरा उठिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार