
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्धा खेपिरहेका संचारकर्मी रवि लामिछानेलाई एयरपोर्टमा बाजागाजासहित स्वागत गरिएको छ ।
सोमबार चितवन अदालतको आदेशमा प्रहरी हिरासतबाट ५ लाख धरौटी तिरेर बाहिर
निस्केका उनलाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सर्मथकहरुले बाजागाजासहित स्वागत गरेका हुन ।
एयरपोर्टमा उनले आफ्ना समर्थकलाई सिधा कुरा जनतासंग टिभी कार्यक्रममार्फत अझै जनता दुख, पीडा उजागर गर्ने बताए ।
सोमबार अदालतको आदेशमा उनिसंगै घटनामा मुछिएका उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की पनि रिहा भएका थिए ।
रविले आफ्ना समर्थकहरुलाई मंगलबार चितवनको नारायणी नदि किनारमा संवोधन गरेका थिए । जहाँ उनका सयौं समर्थकहरु उपस्थित थिए ।
रविप्रती जनताको सर्मथनले उब्जाएका प्रश्नहरु
एउटा संचारकर्मीप्रती जनताको भरोसा यसरि बढ्नुलाई विभिन्न कोणबाट विश्लेषण गरिदैछ । त्यसमध्ये सबैभन्दा बलियो तर्फका रुपमा विधमान राजनितीक चरित्र, भ्रष्टाचार, वेथिती र नेताहरु जनताप्रती अनुत्तरदायि हुनु ।
यद्यपी रविलाई प्रहरीले गम्भिर आरोपमा पक्राउगरी मुद्धा चलाउदा जसरि देशको नियम कानुन, विधि प्रकृयाको वेवास्थागरी सडक प्रर्दशन गरियो यसले पक्कै पनि राम्रो सन्देश नदिएको आवाजहरु उठेका छन् ।
समाजमा अराजकता हावी भएको भन्दै कतिपयले चिन्ता प्रकट गरिरहेका छन् । रवि लगायत तीनैजनामाथी लागेको मुद्धा अहिले नै छिनोफानो भइसकेको छैन । उनिहरु असोज ५ गते जिल्ला अदालत चितवनमा पहिलो तारेखका लागि उपस्थित हुनेछन् ।
यो भिडियो सामाग्री पनि हेर्नुहोस ।













