दाङ। पुर्ब पश्चिम राजमार्गको दाङ सतबरिया सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन् । दाङ घोराईबाट अत्तरियातर्फ गइरहेको ना६ख ९१६७ नम्बरको ट्रकमा रा.२ प. ७९५ नम्बरको अपाची मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।
लमही न.पा. ७ का अन्दाजी २२ बर्षिय मोटरसाईकल चालक लाल बहादुर थारुको घटनास्थलमै मृत्यु भएको प्रहीले जनाएको छ । मोटरसाईकलमा सवार सोहि स्थानका २०बर्षिय आषिश चौधरी र १५ बर्षिय प्रकास घर्तीमगर गम्भीर घाइते भएका छन् । घाइते चौधरीको अवस्था नाजुक रहेको लमही प्रहरी पोष्टले जनाएको छ। घाइतेको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा रहेका पत्रकार केपी अनमोलका अनुसार आइतबार राती साढे १२ बजे लमही बजारबाट ३ कि.मी पश्चिमतर्फ जंगलमा दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्रकमा पछाडीबाट मोटरसाइकल ठोक्किएको थियो । घटनापछि ट्रक आफै रियार प्रहरी पोष्टको सम्प्रकमा आएको प्रहरीले जनाएको छ ।
एउटा भयानक दुर्घटना । सवारी साधन चलाउँदा सधै होस पुर्याउँ ।
एउटा भयानक दुर्घटना । सवारी साधन चलाउँदा सधै होस पुर्याउँ । आइतबार राती दाङको लमही जँगलमा अपाची मोटर साइकल ट्रकमा ठोक्किदा एकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको अवस्था नाजुक छ ।
Gepostet von Anmol Media am Montag, 22. April 2019