धनगढी । धनगढीमा विहिबार हतियार सहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी रहेका छन् ।
प्रहरीले उनहरुको साथबाट एक पेस्तोल, एक सिक्सर, दुईवटा कटुवा र केही गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातलगायतका सामाग्री बरामत गरेको छ ।
प्रहरीका अनुसार सञ्जय राना द्वन्द्वकालदेखि कै हतियारको कारोवारी रहेको खुलेको छ । पहिले सामान्य परिवारमा बसोबास गर्ने राना केहीवर्ष देखि आलिसान घर बनाए, कार चढ्न थालेको खुलेको छ ।
बाहिर जग्गाको दलाली भनेर नाम दिए पनि उनले अवैध हातहतियारको बारोबार गर्दै आएको प्रहरीले बताएको छ । उनको हतियार कारोबार भारतमा हुने गरेको खुलेको छ ।
उनको सम्बन्ध भारतमा राम्रो रहेको बताइएको छ । यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसंग पनि उनको राम्रो सम्बन्ध थियो । द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका यस क्षेत्रका शीर्ष नेताहरुसंग उनले राम्रो सम्वन्ध बनाएको स्रोतले बतायो ।












