चितवन । चितवनमा गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल छन् ।
कुमाललाई गैंडाले पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । उनी वनको पिकनिक स्पटमा निगुरो खोज्न गएको स्थानीयले बताएका छन् ।








