रुपन्देशी । रुपन्देहीमा एकजना वडा अध्यक्षले आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा शनिवार बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।
उनी झुण्डिएको परिवारका सदस्यले देखेपछि तुरुन्तै अस्पताल पुर्याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुजन्देहीले जनाएको छ । परिवारका अनुसार अवस्था कस्तो छ भन्नेबारे अस्पतालले कहि बताएको छैन ।









