सामुहिक बलात्कारको आरोपमा ९ जनामाथि मुद्धा दायर


नवलपरासी । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ का २२ वर्षीय शिवराज राजभर, ४५ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र १९ वर्षकै अमरनाथ भिडहारलाई रहेका छन् ।पीडित किशोरीको उजुरीका आधारमा उनिरुलाई प्रहरीले पक्राउ गरेको हो।

नवलपरासीको सुस्तामा एक १९ वर्षीया किशोरीलाई उनिहरुले उँखुबारीमा लगेर सामुहिक बलात्कार गरेका थिए । घटना आइतबार भएको थियो ।

अफिस जाँदै गरेकी ति किशोरीलाई एकान्त बाटोको मौका छोपेर करिब तीन सय मिटर टाढा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेकाले उनिहरुमाथि जबरजस्ती करणी अन्र्तगत मुद्धा दायर गरी अदालत लगिएको थियो ।

अदालतबाट ५ दिन म्याद थप गरेर थप अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि लुकिछिपी भागिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार