काठमाडौँ । बाघे भनिने गुण्डा नाइके सन्देश लामालाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्धामा बाघेलाई शुक्रबार प्रहरीको टोलीले स्वयम्भूबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
बालुवा बिक्रीमा ठगी गरेको अभियोगमा बाघेलाई पक्राउ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
गुण्डा नाइके बाघेसंगै अन्य दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई पनि प्रहरी टोलीले पक्राउ गरेको छ ।
विभिन्न अपराधका घटनामा संलग्न भन्दै पटक पटक पक्राउ गरेका गुण्ड नाइके बाघे जेबिएस डिपोका सञ्चालक समेत रहेको प्रहरीले बताएको छ ।













