
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पनि रास्वपा सभापति रवि लामिछानेकै शैली अपनाउने भएका छन् । काँग्रेस तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई गगनले प्रशिक्षण दिने भएका छन् ।
आज बस्न लागेको संसदीय दलको बैठकमा उनले सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् ।
दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् ।
‘संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे दलको बैठकमा सभापति गगन थापाले सांसदहरूलाई फेसिलिटेट गर्ने तयारी रहेको नेता आङ्देम्बेको सचिवालयले जनाएको छ ।
बैठकमा अध्यादेश र सुकुमवासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे पनि छलफल हुने बताइएको छ ।












