छाउपडीविरुद्ध सरकारको एक्सन, छाउगोठमा मृत्यु भएकी अमृताका जेठाजु पक्राउ

प्रहरी अनुसन्धान गर्दै

काठमाडौं । गएको आइतबार राति अछाममा छोउगोठमा निसासिएर महिलाको मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्युको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

कानुनी रुपमा छाउगोठमा महिलालाई राख्नु वा बस्नु दण्डनीय मानिन्छ । तर कानुलाई तोडेर महिलालाई छाउगोठमा पठाउने परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको छ । सोही निर्देशनको आधारमा प्रहरीले अमृता रावतका जेठाजु छत्र राउतलाई पक्राउ गरेको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप महिनावारी (छाउपडी)को बेला छाउ गोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका थिए ।

सोही आग्रह अनुसार प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनको श्रीमान् घरमा नभएकाले जेठाजुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ । सो दफा अनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो ।

छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ । राष्टसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ ।

तर, सुदुरपश्चिम र कर्णाली प्रदेशका धेरै गाउँहरुमा महिलाहरु आफ्नै इच्छा र परिवारको दबावका कारण छाउगोठमा बस्न बाध्य छन् । सरकारले ऐन कानुन बनाए पनि उनीहरुलाई त्यसको कुनै प्रवाह छैन् । संस्कार र सस्कृतिसँग जोडेर छाउपडी बार्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार