छल गर्यो मायाले……


काठमाडौं । छल गर्यो मायाले,…. ओराली लागेको हरिणको चाल भो…., यि गीतका हरफले अहिले स्वयमलाई टोलाइरहेको भान हुदैंछ होला, लोकपृय गायक रामकृष्ण ढकाललाई । वियोगान्त गीतका बास्सा गायक ढकालले आज पत्नी निलम शाहसंग सम्बन्ध–बिच्छेद गरे ।

निलमले नै सम्बन्ध -बिच्छेद गरीपाउँ भनि हिजो जिल्ला अदालत काठमाडौंमा निवेदन दिइन । जवाफमा रामकृष्णले पनि आफू सम्बन्ध -विच्छेद गर्न सहमत भएको बताएपछि अदालतले दुबैजनालाई कानुनीरुपमा अलग गरिदियो ।

न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध–बिच्छेदको निर्णय सुनाएको जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

श्रेष्तेदार श्रेष्ठका अनुसार श्रीमतीले अंश नलिने सहमतीमा सम्बन्ध- बिच्छेद भएको हो । ढकाल दम्पतीकी एक छोरी छन् । उनि आमासंगै रहने सहमती पनि भएको छ । सहमतीअनुसार रामकृष्णले बेलाबेलामा छोरीलाई भेट्न पाउनेछन् ।

लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण ढकाल दम्पति केही समय यतादेखि तनावमा रहेको बताइन्छ। तनावले दुबैजनाबीच सम्बन्ध विच्छेदसम्मको स्थिती ल्यायो ।

सबैका पृय गायक रामकृष्णको यो खबर सुनेर उनका लाखौं दर्शक, स्रोतामाझ एकखालको निरासा छाएको छ । सहकारीको ऋणले निकै तनावमा रहेका बेला सुखदुखमा साथ दिने जिवन साथीले नै सम्बन्ध–बिच्छेद गरेको खबरले उनका शुभचिन्तकहरु निरास बनेका हुन ।

सायद रामकृष्ण पनि भन्दै होलान,’ छल गर्यो मायाले…………,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार