
काठमाडौं । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले कठिन समयमा सरकारले गरेको निर्णय नमान्ने जोसुकैमाथि कडा कदम चालिने बताएका छन् ।
कोरोना संक्रमणबिरुद्ध सरकारले जारि गरेको लकडाउनमा भाडामा बस्ने सर्वसारधाणलाई समस्या पर्ने भन्दै एक महिनाको भरघाडा नलिन घरबेटीलाई गरिएको आग्रहको पालना गरिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले यसअघि ने देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गरेको थियो । सरकारले गरेको उक्त निर्णयको बेवास्ता गर्ने घरधनीलाई कारवाही गर्न सरकार तयार रहेको समेत मन्त्री खतिवडाले बताए ।
सरकारी समाचार एजेन्सी राससलाई अन्तर्वार्ता दिँदै भाडा छुट नदिने घनधनीबिरुद्ध सरकारले कडा एक्सन लिनसक्ने समेत चेतावनी दिएका छन् ।
मन्त्रिपरिषदको निर्णय कार्यान्वयनमा बिनाशर्त सहयोग गर्न समेत आग्रह गर्दै मन्त्री खतिवडाले आउने बजेटमा घरधनीहरुलाई सरकारले राहत प्याकेज ल्याउने आश्वासन दिएका छन् ।
उनका अनुसार बजेट आगामी जेठ १५ गते संसदमा पेश हुनेछ ।अन्र्तवार्तामा मन्त्री खतिवडाले लकडाउन कडाईका साथ पालना गर्न सबैमा आग्रह समेत गरेका छन् ।











