
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसंग आइतबार छलफल गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका हुन ।
देउवाले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।
पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें l
आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु l
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 5, 2020
सभापति देउवाले छलफलका क्रममा कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन सबैले गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
छलफलमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसंगको छलफलमा देउवाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार अझै गम्भीर नदेखिएकाले प्रभावकारी कदम चाल्न आग्रह गरेको उनको सचिवालले जनाएको छ ।
माहामारीका बिषयमा सरकारले चाल्ने प्रभावकारी कदममा कांग्रेसको पुर्ण सहयोग रहने समेत देउवाले प्रचण्डसंग बताएका थिए ।










