कञ्चनपुर । कञ्चनपुरमा आफ्नै बुवालाई हसिया प्रहार गरी एक छोराले हत्या गरेका छन् । हत्या गर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका ४ लालीगुराँसका २४ वर्षीय संगी राना रहेका छन् ।
उनले आफ्रनै ५५ वर्षका बुवा चौला रानाको आइतबार हसिया प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या गर्ने संगीलाई प्रहरीले पक्राउ गरी हत्याको अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक जानकारी अनुसार घरायसी विवादका कारण छोराले बुवामाथि हसिया प्रहार गरेको बताइएको छ । अनुसन्धान नगरी कारण भन्न नसकिने प्रहरीको भनाई छ ।
कञ्चनपुरमा यसअघि पनि बन्चरो प्रहार गरी हत्या गरेका धेरै घटनाहरु बाहिर आएका थिए ।










