सरकारद्धारा लकडाउन १२ दिन थप

काठमाडौँ । सरकारले लकडाउन  १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन १२ दिन थपेको हो । लकडाउन अब बैशाख १५ गतेसम्म रहने छ ।

कोरोनाको संक्रमण फैलिन नदिनका लागि सरकारले चैत ११ देखि बैशाख ३ गते सम्म लकडाउन घोषणा गरेको थियो । तर, यो अवधिमा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले लकडाउनको समय बढाएको हो ।

अहिलेसम्म नेपालमा १६ जना कोरोना संक्रमित  भेटिएका छन् ।

मन्त्रीपरिषद् बैठकमा लकडाउनका कारण बाटोमै अलपत्र परेका र काम नहुँदा समस्या परेकालाई काठमाडौंबाट आफ्नो घर जान दिने विषयमा पनि छलफल भएको थियो । तर यसरी आवात जावत गर्दा लकडाउनमा समस्या हुने र संक्रमण फैलिनै भन्दै अब सबैले आफु बसिरहेकै ठाउँमा बस्नु पर्ने निर्णय भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार