बेलायतमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालकाे स्याङ्जा घर भएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् ।

सन् २०१० देखि साउथ इष्ट लण्डनमा बस्दै आएका उनको बुधवार बिहान लण्डनस्थित गाइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शरीरमा संक्रमण भएपछि उनलाई मार्च ३१ मा अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कोरोनाको लक्षण नभएपनि उनलाई रुघाखोकी र पखालाको समस्या देखिएको थियो । उनका श्रीमती, एक छोरा र तीन छोरी छन्। श्रेष्ठ लण्डनको ओलम्पिक पार्कमा ‘रेस्क्यू ड्राइभर’का रुपमा कार्यरत थिए।

योसँगै बेलायतमा कोरोनाका कारण दर्जन नेपालीको मृत्यु भइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार