उदयपुरमा भेटिएका १२ जना संक्रमितलाई कोशी अस्पताल भर्ना


काठमाडौं । उदयपुरमा भेटिएका ११ जना भारतीय र एकजना नेपाली संक्रमितलाई विराटनगरस्थित कोशी कोरोना अस्पतालमा भर्ना गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका उनिहरुलाई हिजो (शुक्रबार) मध्यराति एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको हो । अस्पतालका अनुसार उनीहरु सँगै रहेका अन्य ४ जनालाई पनि टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा राखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले शुक्रबार ति १२ जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेपछि राती नै उनिहरुलाई मस्जिदबाट एम्बुलेन्समा राखेर अस्पताल ल्याइ आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार