काठमाडौं । उदयपुरमा थप एक जना भारतिय नागरिकमा कोरोना पुष्टि भएको छ । जिल्लाको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो ।
६५ वर्षका ती पुरुषमा विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । जसमा तीन जना निको भएर घर गइसकेका छन् ।










