ग्रहदशा काट्न भन्दै बन्दुक बोकेर हिंडेपछि पक्राउ परेका मनकामनाका पूजारी तारेखमा रिहा, अनुसंन्धान जारी


गोरखा । बन्दुकसहित पक्राउ परेका मनकामना मन्दिरका मुख्य पूजारी तारेखमा रिहा भएका छन् । गोरखास्थित प्रख्यात मनकामना मन्दिरका मुख्य पूजारी इन्सानबहादुर थापा मगरलाई तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पूजारी सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट वडा नम्बर ४ जाँदै गर्दा प्रहरीले उनको साथबाट प्वाइन्ट टुटु बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

उनका अनुसार पुजारी थापा मगरले आफ्नो ग्रहदशा काट्न बन्दुक बोकेर हिडेका थिए । पुजारीबाट बरामद गरिएको बन्दुक लाइसेन्स प्राप्त रहेको समेत प्रहरी उपरीक्षक अधिकारीले बताए ।

लकडाउनको समयमा हतियार बोकेर हिँडेकाले प्रहरीले उनलाई पक्राउ गरी अनुसंन्धान थालेको र तत्कालका लागि तारेकमा छोडेको उपरीक्षक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार