
काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । योसंगै संक्रमितको संख्या अब ४५ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३ जनामा कोरोनो पोजिटिभ भेटिएको जानकारी दिइएको हो ।
संक्रमितहरु ७२, ६० र २४ वर्षका पुरुषहरु रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा बसिरहेका तीनैजनालई अस्पताल ल्याउने तयारी भइरहेको छ ।
संक्रमित तीनैजना उदयपुरको भुल्केका
नयां भेटिएका तीनैजना संक्रमितहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसदै आएका जमाती समूहकै सदस्य रहेको बताइएको छ ।
यसअघि उक्त मस्जिदमा बस्दै आएका १६ जना जमातीमध्ये १२ जना (११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।











