
विराटनगर । भोजपुरमा एक जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको बताइएको छ ।
कोरोनाको आशंकामा उनको थ्रोट स्बाव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो । बिहीबार साँझ उनको रिर्पोट पोजिटिभ आएको हो । उनी विदेशबाट आएको बताएपनि थप विवरण भने आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना भने निकाे भएर घर फर्किसकेका छन् । यसअघि आजै मात्रै एकजना उदयपुर र एक जना जनकपुरमा कोरोना संक्रमित भेटिएका थिए ।










