
काठमाडौं । उच्च स्तरीय समन्वय समितिको बैठक आज बस्दै छ । कोरोना रोकथामका लागि गठित नोभल कोरोना भाइरस (कोभिड -१९) रोकथाम तथा नियन्त्रण गर्न गठित उक्त समितिको बैठक बस्दै छ ।
विहान ११ बजे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।
बैठकमा विशेष गरी कोरोनाका कारण देशमा जारी लकडाउनको मोडालिटीका बारेमा छलफल हुने बताइएको छ । सरकारले कोरोना फैलिन नदिनका लागि घोषणा गरेको लकडाउनको समय यहि बैशाख १५ गते सकिदै छ । बैठकले अबको लकडाउन कसरी अगाडी बढाउने भन्ने विषयमा मोडालिटी बोरे गृहकार्य गर्ने छ ।
शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका थिए।
उच्च स्तरीय समन्वय समितिको मोडालिटीका आधारमा भोली बस्ने मन्त्रीपरिषद्को बैठकले लकडाउनबारे निर्णय गर्ने छ ।










