
काठमाडौँ । झापामा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।
आइतबार मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा ति पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिका अनसार संक्रमित पुरुष अहिले अस्पतालको सम्पर्कमा रहेको र उनको स्वस्थ सामान्य रहेको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।










