युवतीको ज्यान बचाउन प्रहरी प्रमुखले दिए रगत

बैतडी । सशस्त्र प्रहरी प्रमुख अमित सिंहले रगत दान गरेका छन्। महिनावारीका बेला अत्यधिक रक्तश्राव भएर ज्यान खतरामा रहेकी युवतीको ज्यान बचाउन रगत दिएका हुन् ।

बैतडीको दशरथचन्द नगरपालिका ८ की युवतीलाई महिनावारीका बेला अध्यधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालमा उपचाररत रहेकी थिइन् । उनलाई रगतको आवश्यकता भएकाले अस्पतालले रगत खोजिरहेको थियो ।

युवतीलाई चाहिएको बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो।  जिल्लामा रहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले ३५० एमएल रगत दिएर युवतीको ज्यान बचेको अस्पतालले जनाएको छ ।

अरु बेला पनि जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा सेना प्रहरीकै भर पर्नुपर्ने बाध्यता छ । यो लकडाउनको बेला त झनै रगत खोज्न निकै समस्या भएको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार