
काठमाडौं । बजेट अधिवेशनबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भवनको निरीक्षण गरेका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री ओलीले संसदको बर्षे अधिवेशनको प्रयोजनका लागि सासंदहरूको सामाजिक दूरी कायम गरी बस्ने ब्यवस्था गरिएको कार्यको निरीक्षण गरेका हुन।
कोरोना भाइरस संक्रमणबाट बच्नका लागि संसद बैठकमा सामाजिक दूरी कायमगरी बस्ने प्रबन्ध मिलाउने कार्यको प्रधानमन्त्रीद्धारा निरीक्षण गरिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
उनकाअनुसार संसद भवनभित्र सामाजिक दूरी कायम हुनेगरी नै सांसदहरुका लागि बस्ने ब्यवस्था मिलाइएको छ । निरीक्षण टोलीमा प्रधानमन्त्री ओलीसंगै सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसद सचिवालयका पदाधिकारी, नेकपा नेता सुवाश नेम्वाङ लगायतका सहभागि थिए ।

यसअघि बिहान प्रधानमन्त्री ओलीले बजेट अधिवेशनबारे सभामुख सापकोटासँग छलफल गरेका थिए । छलफल लगत्तै संसद् भवनको निरीक्षणमा गएका थिए ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले संसद्मा बजेट पेस गर्नुपर्ने हुन्छ । सोहिअनुसार अहिले सरकार बजेट निर्माणमा लागि परेको छ । कोरोना भाइरसको महामारीबीच सरकारले ल्याउने बजेटका बिषयमा सबैको चासो रहेको छ ।










