सत्तारुढ नेकपाको बैठक निष्कर्षबिहीन, अर्को बैठक २० गते (भिडियोसहित)


काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । आन्तरिक विबाद सुल्झाउन बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी विवादबारे छलफल भएपनि बिना निष्र्कष सकिएको हो ।

अर्को बैठक बैशाख २० गते बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिए । उक्त बैठकले मात्रै स्थायी कमिटी बैठक र अरु निर्णय गर्ने उनले बताए ।

नेकपाभित्र केहिदिन यतादेखि विबाद उत्कर्षमा पुगेका बेला सचिवालय बैठक डाकिएको थियो । बिशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने उदेश्यका साथ एकलौटीरुपमा ल्याएको दल विभाजन सम्बन्धिको अध्यादेशपछि नेकपाभित्र विवाद चुलिएको हो ।

पछिल्लो सयम स्थायी कमिटीका २० सदस्यले पार्टीको स्थायी कमिटी बैठक बोलाउन अध्यक्ष द्धय ओली र प्रचण्डलाई पत्र पठाएका थिए । स्थायी बैठक बोलाउनेबारे अध्यक्ष प्रचण्ड सहमत भएपनि अर्का अध्यक्ष ओली भने मौन छन् ।

ओलीले पार्टीभित्रबाट आफुलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र भइरहेको भन्दै आफ्नो पक्षमा संसदहरुको बहुमत जुटाइरहेको हल्ला छ । त्यसैगरी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समुह पनि आफ्नो पक्षमा सांसद बहुमत पुर्याउने खेलमा लागेको बताइन्छ ।

पार्टी निर्णयविपरीत सरकार चलाएको, सरकारकै कारण पार्टी बदनाम भएको निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल समूह लगायतका अन्य नेताहरुले ओलीलाई निकास दिन दवाब दिइरहेका छन् । तर, प्रधानमन्त्री ओली र उनको समुहले यो कुरालाई अस्विकार गर्दै आएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले बैठकबारे जानकारी दिदैं

पार्टी विवाद समाधान गर्न बसेको सत्तारुढ नेकपाको बैठकले के के निर्णय गर्यो ?

पार्टी विवाद समाधान गर्न बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले के के निर्णय गर्यो ? प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकास

Posted by Anmol Media on Wednesday, April 29, 2020

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार