
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले लकडाउनलाई वैशाख २५ पछि केही खुकुलो पार्ने गरी तयारी गरिरहेको बताएका छन् । दैनिक जीवनयापनलाई सहज बनाउने गरी लकडाउन खुकुलो पार्ने सरकारले तयारी गरिरहेको बताएका हुन् ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा उनले लकडाउन खुकुलो पार्ने गरी तयारी भइरहेको संकेत गरेका छन् । ‘सरकारले जनताको दैनिक जीवनयापनलाई सहज बनाउने कि भन्दै लकडाउनलाई पनि त्यही तरिकाले खुकुलो पार्ने गरी काम गरिरहेको छ , उनले भने ।’
साथै उनले सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आएकाले सरकारले पनि सोही अुनसार गृहकार्य गरिरहेको बताए ।
सरकारले कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन गर्ने कि भनेर काम गरीरहेको जानकारी गराएका छन् । त्यस्तै दिर्घरोगी र अन्य बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । उनले अब बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जाने संकेत गरेका छन् ।










