ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, लाखौको क्षति

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भिषण आगोलागेको छ । शुक्रबार रातीबाट सुरु भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

शुक्रबार रातिबाट सुरु भएको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । आगलागीमा परी सातवटा घर र पाँचवटा धुम्ति पसल जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले सहयोग गरेका थिए । प्रहरीका अनुसार भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।

उक्त होटलबाट कसरी आगो लागेको हो भन्ने बारेमा भने खुल्न सकेको छैन् । त्यस्तै अहिले प्रहरीले क्षतिको विवरण संकलनको काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार