कश्मिरमा फेरि भिडन्त, सेनाका उच्च अधिकारीसहित पाँच सुरक्षाकर्मीको मृत्यु


कश्मिर । कश्मिरमा फेरि सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको छ । उत्तरी कश्मिरको हन्दवाडामा भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासहित पाँच जना सुरक्षाकर्मीको निधन भएको छ ।

भारतिय संचारमाध्यमहरुका अनुसार शनिबार साँझदेखि सुरु भएको भिडन्तमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ ।

उत्तरी कश्मिरको एक गाउँमा आतंकवादीले घरका सदस्यलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा सुरक्षाबल त्यहाँ पुगेको थियो ।
उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगे लगत्तै हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भिडन्त सुरु भएको थियो ।

भारतिय संचारमाध्यम दैनिक भास्करका अनुसार भिडन्तमा कर्णेल आशुतोषको साथै मेजर अनुज,एक लान्स नायक र एक राइफलम्यान रहेको छन् । त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीको पनि दोहोरो भिडन्तमा मृत्यु भएको छ ।

बन्धक बनाइएका घरका सदस्यहरुको भने सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । इलाहाबादका वासिन्दा कर्णेल आशुतोष शर्माले गत वर्षमात्रै दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार