लकडाउनमा समस्यामा परेका नेपाली मजदूरलाई दिल्लीमा राहत वितरण

भारत । दिल्लीमा लकडाउनका कारण समस्यामा परेका नेपाली मजदूरलाई राहत वितरण गरिएको छ । प्रगतिशील नेपाली समाज भारत दिल्ली विद्यार्थी संगठनले दिल्लीमा रहेका नेपाली मजदुरलाई राहत वितरण गरेको हो ।

१ महिना लामो लकडाउनका कारण दिल्लीमा दैजिक ज्याला मजदूर गरेर खाने नेपाली मजदूरहरुलाई समस्या भएको छ । उनीहरुको समस्यालाई मध्यनजर गर्दै प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय सदस्य एंव विद्यार्थी नेता केबी धामीको नेतृत्वको टोलीले दिल्लीका विभिन्न ठाउँमा पुगेर राहत वितरण गरेको संगठनका केन्द्रिय सचिव गणेश अधिकारीले जनाकारी दिएका छन् ।

आफुले काम गर्ने ठाउँ बन्द भएपछि दिल्लीमा मात्रै हजारौं नेपाली अलपत्र परेका छन् । दिल्ली सरकारले मजदूरका लागि राहतको घोषणा गरेपनि त्यो राहत नेपालीहरुसम्म अझै पुग्न सकेको छैन् ।

खानलाई समेत समस्या भएका मजदूरहरुको सहजताका लागि संगठनले खाद्यन्न वितरण गरेको छ । यसका साथै विभिन्न ठाउँबाट आएर दिल्लीमा अलपत्र परेका नेपालीको उद्धार समेत गरेको संगठनका दिल्ली राज्य अध्यक्ष रतन महरले बताए ।

सयौंको संख्यामा अलपत्र नेपालीलाई संगठनले खाना बस्नको व्यवस्था समेत मिलाएको बताइएको छ । नेपालीलाई सहयोगका लागि दिल्लीमा संगठनको तर्फबाट सक्दो सयोग भैइरहेको दिल्ली राज्य सचिव अर्जुन दाहालले जानकारी दिए।

भारतमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको समय बढाउदै लगेको छ । यस्तो बेलामा सबै भन्दा बढी मारमा नेपाली कामदार रहेकाले उनीहरुको सहजताका लागि संगठनले सक्दो सहयोग गरिएको संगठनका बरिस्ठ उपाध्यक्ष कृष्ण खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार