६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज

विराटनगर । कोरोना पुष्टि भएपछि उपचाररत ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । लगातार तीन पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिहान अस्पतालले डिस्चार्ज गरेको हो ।

डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । उनीहरूले  अस्पतालमा भर्ना भएको १८ दिनपछि काेराेना जितेका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपनि एक साता उनीहरुलाई विराटनगरको रानी कर्मजमा राखिने बताइएको छ । डिस्चार्ज भएका उनीहरुको विदाईका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे पनि अस्पताल परिसरमा पुगेका थिए ।

बैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका १३ जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये ६ जना आज डिस्चार्ज भएका हुन् ।

विराटनगरको कोरोना विशेष अस्पतालमा अहिले ३१ जना उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार