कोरोना महामारीकाबीच आजबाट वर्षे अधिवेशन सुरु हुँदै

काठमाडौँ । आजबाट संसदको बजेट (वर्षे) अधिवेशन सुरु हुँदै छ । संसदमा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

कोरोना महामारीकाबीच सुरु हुन लागेको अधिवेशनमा सांसदहरुको बसाई व्यवस्थानका साथै कोरोना परीक्षणको काम पनि सकिएको छ ।
काठमाडौं बाहिर रहेका सांसदहरु भने कोरोना परीक्षण गर्न ढिलाई भएकाले आजको कार्यक्रममा उनीहरु सहभागि हुन पाउने छैनन् ।

सरकारले अधिवेशनमा सहभागि हुने सांसद, कर्मचारी, पत्रकार सबैको कोरोना परीक्षण गरेको छ । संसद भवनभित्र प्रवेश गर्नुभन्दा पहिले कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनु पर्ने नियम बनाइएको छ ।

देश कोरोना महामारीसँग लडिरहेका बेला यो वर्षको बजेट अधिवेशन भने अघिल्ला बजेट अधिवेशनजस्तो सामान्य अवस्थामा छैन । संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाइएको लामो लकडाउनले देशको अर्थतन्त्र प्रभावित भएको छ । सरकारले बजेटको क्षेत्र, निर्धारण गर्नुपर्ने लक्ष्य र प्राथमिकतामा धेरै फेरबदल ल्याएको छ ।

कोरोना कहरकाबीच सरकारले कस्तो बजेट ल्याउछ भन्ने आम जनचासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार