
काठमाडौं । नेपाल र भारतको सीमानामा काँडेतार लगाउन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले माग गरेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सीमानामा काँडेतार लगाउन माग गरेका हुन् ।
यासका साथै सीमा सुरक्षाका लागि सुरक्षाफौज राख्न पनि माग गरेका छन् ।
ज्ञापन पत्र बुझाउन अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ र युवा संघ संयोजक रामप्रसाद सापकोटा दीपशिखा, सहसंयोजक रमेश पौडेल परराष्ट्र मन्त्रालय पुगेका थिए।
उनीहरुले ज्ञापन पत्रमा भारतले गत कात्तिकमा जारी गरेको राजनीतिक नक्सा खारेजी गर्न माग गरेका छन्।
भारतले नेपाली भूमि लिपुलेखमा सडक विस्तार गरेर मानसरोवार जाने बाटो बनाएपछि नेपालमा विरोध भइरहेको छ । उक्त सडक सञ्चालनमा पनि रोग लाउन उनीहरुले माग गरेका छन् ।










