
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । राष्ट्रपति भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
यो वर्षको नीति तथा कार्यक्रम धेरैको चासोको विषय बनेको छ । कोरोना संक्रमणको महामारीबीच आउन लागेको भएकाले धेरैले चासो दिएका छन् । सरकारले पनि कोरोना महामारीलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तयार गरेको छ ।
यो वर्ष विशेषगरी स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७र०७८ को बजेट ल्याउने छ ।
सरकारले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड दिइएको छ । त्यस्तै नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिइएको छ ।










