भारतको उत्तर प्रदेशमा भयानक दुर्घटना, २४ मजदुरको मृत्यु


भारत । भारतको उत्तर प्रदेश भएको भयानक दुर्घटनामा गरी २४ मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।
औरैया जिल्लामा आज (शनिबार) बिहान साढे ३ बजे तीर सडकमा गुरहेको ट्रक सडक छेउ रोकिराखेको अर्को अर्को ट्रकसँग ठोक्किदा दुर्घटना भएको थियो ।
उत्तर प्रदेश प्रहरीका अनुसार ट्रक घर फर्किरहेका मजदुर लिएर आउँदै थियो । कानपुर प्रहरीले जनाए अनुसार घाइतेमध्ये २० जनाको जिल्ला अस्पताल र गम्भीर रुपमा घाइते १५ जनालाई सैफई मेडिकल कलेजमा भर्ना गरिएको भारतिय संचारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार दुवै ट्रकमा मजदुर सवार थिए । दिल्लीबाट आएको ट्रक चिया पिउनका लागि एक ढाबा अगाडि रोकेर राखिएको थियो । सो ट्रकसँग राजस्थानबाट आएको ट्रक ठोक्किन पुगेको हो ।

राजस्थानबाट आएको ट्रकको ड्राइभर निदाएको कारण दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार राजस्थानबाट आएको ट्रकमा चुनाको बोराहरु थिए । दुर्घटनापछि ट्रक पल्टियो र मजदुरहरु चुनाको बोरामा दबिए । सो ट्रक राजस्थानबाट पश्चिम बंगाल जाँदै थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार