‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन ।

नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो भूमी फिर्ता लिनका लागि ल्याइएको प्रष्ट पारेका छन् ।

“१८ सालसम्म जनगणना, तिरो उठाउने काम भइरहेको थियो, पछि रोकियो । सन् १९६२ मा भारतिय सेना बसेपछि, हामीलाई कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं, फिर्ता लिएर छोड्छौं ।”

सरकारद्धारा कूटनीतिक पहलमार्फत नै नेपाली भूमी फिर्ता लिइने उनको भनाई छ । प्रधानमन्त्री ओलीले संसदबाट नयां नक्सा पारित भएको दिन देशवासीले राष्ट्रका नाममा दिपावली गर्ने समेत विश्वास ब्यवक्त गरे ।

उनले नेपालको नयां नक्सा एक दुई दिनभित्रै पारित गरिने समेत प्रधानमन्त्री ओलीले जानकारी दिए । संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि संविधान संशोधनका प्रस्तुत गरिने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार