
काठमाडौं । कोरोना भाइररबाट लडिरहेको ब्राजिलमा अहिलेसम्मकै बढीसंक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार बढीको मृत्यु भएको छ भने, १७ हजार बढी संक्रमित थपिएका छन् ।
नयाँ संक्रमित र मृतकको संख्या यो अहिलेसम्मकै उच्च हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जनाको मृत्यु भएको छ भने १७ हजार चार सय ८ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार नौ सय ७१ पुगेको छ भने, संक्रमितको संख्या दुई लाख ७१ हजार ६ सय २८ जना संक्रमित छन् ।












