
रुपन्देही । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।
वुटवल मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका प्रमुख चिन्तामणी पाण्डेयले अनमोलपोस्टलाई टेलिफोनमा जानकारी दिए ।
उनको मृत्युबारे प्रदेश ५ को सामजिक विकास मन्त्रालयले समेत विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “रुपन्देशी मणिग्रामस्थित क्रिमसन अस्पतालको संघन कक्षको भेन्टिलेटरमा उपाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको विहीबार निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचनउन नसकिएकोमा निकै दुखि छाौं ।”
उनको दुई दिनदेखि अवस्था गम्भिर थियो ।
ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई जेठ १ गते अस्पताल भर्ना गरिएको थिए । त्यसपछि उनको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । नेपालमा बिहीबार बिहानसम्म संक्रमतिको संख्या ४४४ पुगेको छ भने निको हुनेको संख्या ४५ रहेको छ।











