काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि उक्त रकम विनियोजन गरेको हो ।
यो गत वर्षको भन्दा ८ अर्ब बढी हो । आलु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
कोरोनाका कारण विद्यार्थीमा परेको मनोसमाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालिन गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गदैं जानकारी दिएका छन् ।
यो वर्ष एक हजार ८०० विद्यालय भवन तथा ३८ आंगिक क्याम्पस भवन, २ हजार ५२० कक्षा कोठा स्थापना गर्न रकमको व्यवस्था गरिएको छ ।
४६ लाख छात्रछात्राका लागि आवश्यक पाठ्यपुस्तकका लागि २ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सरकारले ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा बिस्तार गरिने भएको छ ।











