कोभिड अस्पताल पोखरामा एक विरामीको मृत्यु

पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा एक विरामीको मत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की रहेका छन् ।

२ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका उनलाई ज्वरो देखिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । १४ दिन क्वारेन्टाइन बसेका उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर घरमा उनलाई ज्वरो आएको थियो । अस्पतालले फेरी उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाएको छ ।

उनको मृत्युको कारण थाहा नभएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार