सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

थपिएका संक्रमित कैलालीका १०, कञ्चनपुर ८ र अछामका ९ जना रहेका छन् । धनगढीको प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी थप २७ जनामा कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ भने ६ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार