काठमाडौं । आतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी ३८ जना रहेका छन् ।
नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् ।











