भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी जवान महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत रहेको खुलेको छ ।

प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीए परिसरको सन्चार कक्ष सिल गरिएको छ भने उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

उनी चाँगुनारायण नगरपालिका ३२ वर्षीय बासिन्दा रहेको बताइएको छ ।  त्यसैगरी भक्तपुर नगरपालिका ६ गोल्मढीका २२ वर्षीय पुरुष र कुबेत सरकारको आममाफी पाएर स्वदेश फर्किएकी र खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका तीनै जनालाई बुधबार नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार