
काठमाडौं। एमसीसी र कोरोना लगायत समसामहिक बिषयका छलफल गर्न सत्तारुढ नेकपाको स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, नागरिकता विधेयक, सरकारका काम कारवाही लगायतका विषय छलफल हुने एक स्थायी समिति सदस्यले अनमोलपोस्टलाई जानकारी दिए ।
पार्टी आन्तरिक विवादका कारण बस्न नसकेको स्थायी कमिटि बैठकले केहि महत्वपुर्ण निर्णय गर्ने बताइएको छ । पार्टी, सरकार र देशको राजनितीबारे विभिन्न छलफल र समिक्षा गर्न प्रत्येक ३ महिनामा बस्नुपर्ने बैठक बस्न सकिरहेको थिएन । अन्तिम बैठक गत पुषमा बसेको थियो ।
सरकार सामु चुनौतीका रुपमा खडा भएको एमसीसी संसदवाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपाकै नेताहरुबीच चर्को असहमति छ भने एमसीसी देशको हितमा नरहेकाले खारेज गर्नु भन्दै विभिन्न संघ संगठनहरुले पनि आवाज उठाइरहेका छन् ।
पार्टीमा अधिकांस नेताहरु एमसीसीसँगको सम्झौतालाई जस्ताको तस्तै पारित नर्गन दवाब दिइरहेका छन् । जसकारण सरकार अन्यौलमा रहेको छ ।










