
काठमाडौं । मन्त्रिपरिषद बैठक बस्दैछ । आज अपरान्ह ४ बजे बस्ने बैठकमा नेपाल सरकारले नेपाल प्रहरीका नयां नेतृत्वका छानिने बताइएको छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले भोलीबाट अवकाश पाउँने भएकाले नयाँ आईजीपी छनौट गर्न लागिएको हो । ज्ञवालीको ३० वर्षे सेवा अवधिका कारण उनी अवकास हुन लागेका हुन ।
नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् । दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् ।

बढुवाको आधार
प्रहरी नियमावलीले आईजीपी बढुवामा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमतालाई आधार मान्ने भनेको छ । त्यस्तै, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा बढुवा गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ । तर, नियुक्तीमा आफु निकटलाई सरकारले नियुक्ती गर्दैको चलनका कारण आईजीपी नियुक्ती प्राय सधै विवादमा पर्ने गर्दछ ।










